परम्पराअनुसार राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको प्रसाद ग्रहण गरेका हुन्। वनमाला गुठीका नाइके इन्द्रबहादुर वनमालाले उनलाई फूलमाला, बिमिरो र पञ्चरंगी धागो प्रदान गरेका थिए।
राष्ट्रपति पौडेलले २३ जना नवदुर्गा देवगणलाई जनही एक हजार पाँच रुपैयाँका दरले दक्षिणासमेत दिएका थिए। राष्ट्रप्रमुखले नवदुर्गाको पूजाआराधना गरी प्रसाद ग्रहण गर्ने परम्परा २०४५ सालदेखि चल्दै आएको छ।
यस वर्ष बागमती प्रदेश सरकारले नवदुर्गा जात्रा व्यवस्थापन समितिलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, सांसद रुकेश रञ्जित, गंगालक्ष्मी अवाल, प्रदेशमन्त्री राजेन्द्र प्रजापतिलगायतको उपस्थिति थियो।
सम्बन्धित खबर




प्रतिक्रिया