ADVERTISEMENT

सप्तकोशीमा मोटरबोट दुर्घटना, ३ जनाको मृत्यु

धनकुटा । सप्तकोशी नदीको बराहक्षेत्रस्थित त्रिवेणी क्षेत्रमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

भोजपुरबाट चतरा जाँदै गरेको मोटरबोटको इन्जिन फेल भएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेका १० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये पाँच जना घर फर्किएका छन् भने एक जनाको उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रन्जितकारका अनुसार मृतकमध्ये एक बालिका, एक पुरुष र एक महिला रहेका छन्। उनीहरूको पहिचान खुल्न बाँकी छ। मोटरबोटका चालकलाई बराहक्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार