ADVERTISEMENT

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

 

आज राति केही हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराई, उपत्यका र खोँचहरूमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

 

सोमबार पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा कोशी प्रदेशका केही हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार