ADVERTISEMENT

धनुषामा दम्पती मृत फेला, चार वर्षीय छोरामाथि पनि धारिलो हतियार प्रहार

काठमाडौ । धनुषामा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन् भने उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।

 

मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ देखिएको छ।

 

प्रहरीले उनको हत्या भएको हुन सक्ने आशंका गरेको छ।

उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी केही दिनअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए र सोमबार मात्रै ससुराली पुगेका थिए।

 

दम्पतीका चार वर्षीय छोराको तिघ्रामा पनि धारिलो हतियार प्रहारको घाउ देखिएको छ। घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार