काठमाडौं । बडादशैंअन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चाप न्यून देखिएको छ।
दसैँ मनाउन ठूलो संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिएपछि सडकमा सवारी चाप घटेको हो। साथै, महानवमीका दिन सवारीसाधनको पूजा गर्ने परम्पराका कारण पनि सडकमा सवारीसाधन कम चलेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारभन्दा बढी सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। दसैँ मनाउन देशका विभिन्न स्थानमा रहेका नागरिक आफ्नो घर फर्किने क्रम जारी छ।
सम्बन्धित खबर




प्रतिक्रिया