काठमाडौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नक्सालस्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा मौलो पूजा गरेका छन् ।
पूजाका क्रममा उनले बलि पूजा गर्नुका साथै निशानमा पञ्जाछाप लगाएका थिए । सो अवसरमा विशेष कार्य गर्ने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार पोषणराज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
पूजापछि प्रहरी अधिकारीहरूले मौलो परिक्रमा गरेका थिए भने निशानलाई मूलकोत हनुमानढोकाका लागि प्रस्थान गराइएको थियो ।
नेपाल प्रहरीले विक्रम संवत् २०११ सालदेखि हरेक वर्ष बडादसैँ र चैतेदसैँमा मौलो पूजा गर्दै आएको छ । राष्ट्र र नागरिकको शान्ति सुरक्षा तथा प्रहरी सङ्गठनको सफलताको कामनासहित निशान झण्डाको पूजा गर्ने परम्परा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर




प्रतिक्रिया