काठमाडौं । महानवमीका अवसरमा वर्षमा एक दिन मात्रै खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
मन्दिर खुला भएसँगै पूजाआजा तथा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउन आवश्यक व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार मन्दिर बेलुका ६ बजेसम्म खुला रहनेछ। फूलपातीका दिन दरबारको मूलचोकमा ल्याइएकी तलेजु भवानीलाई विजयादशमीको बिहान मूल मन्दिरमा फर्काइनेछ।
सम्बन्धित खबर




प्रतिक्रिया