मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ। यस रुटमा उडान गर्दै आएका तारा एयर र समिट एयरले पर्यटकीय याम नसकिँदै नियमित उडान बन्द गरेका हुन्।
जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो सातादेखि र समिट एयरले सोमबारदेखि नियमित उडान स्थगित गरेका हुन्।
तारा एयरको एउटा जहाज मर्मतमा रहेको र समिट एयरको एउटा जहाज पनि मर्मतका लागि लैजाने तयारी भइरहेको छ।
त्यस्तै, बाढीपहिरोका कारण सडकमार्ग अवरुद्ध हुने घटनाले यात्रुहरूले हवाई टिकट बुकिङ रद्द गरेपछि नियमित उडान बन्द गर्नुपरेको समिट एयरका स्टेशन इञ्चार्ज सुमन थकालीले बताए।
नियमित उडान स्थगित भए पनि चार्टर उडान भने जारी रहने जनाइएको छ। तारा एयर र समिट एयरले यस रुटमा वार्षिक एक हजार २०० भन्दा बढी नियमित उडान गर्दै आएका थिए।
सम्बन्धित खबर




प्रतिक्रिया