ADVERTISEMENT

पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा पनि आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

 

देशका तराई भू-भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। सम्भावित वर्षा र हिमपातलाई मध्यनजर गर्दै महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार