काठमाडौं । चीनसँगको तातोपानी नाका आजदेखि कात्तिक ३ गतेसम्म तीन दिनका लागि खुल्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उक्त अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावत गर्न अनुमति दिइएको छ।
मन्त्री दीपककुमार साहका अनुसार नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो।
नाका खुल्दा नेपाल–चीन व्यापार सहजीकरण हुनुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया