ADVERTISEMENT

पाँच जिल्लाका सडक बाढीपहिरोको चपेटामा, गोरखामा पूर्ण अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण देशका पाँच जिल्लाका मुख्य सडक प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार गोरखाको आरुघाट–धादिङ सडक पूर्ण रूपमा अवरुद्ध छ भने म्याग्दी, नवलपरासी पूर्व, मनाङ र धादिङका सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

गोरखाको आरुघाट गाउँपालिकाका विभिन्न स्थानमा बाढीले क्षति पुर्‍याउँदा सडक अवरुद्ध भएको हो। यस्तै, म्याग्दीको बेनी–जोमसोम सडक, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, मनाङको बेँसीसहर–खाङ्सार सडक र धादिङको त्रिभुवन राजपथ बाढी तथा पहिरोबाट प्रभावित भएका छन्।

प्रहरीका अनुसार कालीगण्डकी करिडोरमा सडक एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवागमन गर्न सक्ने अवस्था छैन।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार