ADVERTISEMENT

पहाडी क्षेत्रमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ। केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्नेछ। लुम्बिनीको हिमाली क्षेत्रमा पनि वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार