ADVERTISEMENT

बाढीले गोरखाका चार जलविद्युत् आयोजना प्रभावित

काठमाडौँ ।  बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। आइतबार बिहान आएको बाढीले आयोजनाका क्याम्प, निर्माण उपकरण, बेलीब्रिज, पहुँच सडक तथा पुलमा क्षति गरेको हो।

बाढीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ। त्यस्तै, दोभान खोला जलविद्युत् आयोजनाका केही घरमा क्षति पुग्नुका साथै बेलीब्रिज बगाएको छ।

यारु खोला जलविद्युत् आयोजनाको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री र उपकरणसमेत बगाएको प्रारम्भिक विवरण छ। माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा पनि क्षति पुगेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार