काठमाडौं । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने मोटरेबल पुलसहित चारवटा पुल बगाएको छ।
आइतबार बिहान आएको बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल, चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिएका छन्।
सम्बन्धित खबर







प्रतिक्रिया