ADVERTISEMENT

अवरुद्ध बीपी राजमार्ग खुल्यो

काठमाडौँ । रातभरको अविरल वर्षाका कारण लेदो खसेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

सडक विभागका अनुसार मङ्गलटारबाट भकुन्डेतर्फ करिब ३ किलोमिटर दूरीमा पर्ने नार्के र पिनथलीको बीचमा लेदो खसेपछि सडक अवरुद्ध भएको थियो। लेदो हटाएपछि रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् र यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार