काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै शनिबार प्रदर्शन गर्ने भएको छ। प्रदर्शनमा विभिन्न विपक्षी दल सहभागी हुने भएका छन्।
प्रदर्शनमा लेफ्ट, आम आदमी पार्टी र ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस सहभागी हुनेछन्। तर, कांग्रेस भने प्रदर्शनबाट टाढा रहने भएको छ। राहुल गान्धी शनिबार चेन्नईमा आयोजित छात्रहरूको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले प्रदर्शनप्रति समर्थन जनाउँदै बीजेपी सरकारले बल प्रयोग गरेर आन्दोलनकारीलाई रोक्न खोजे त्यो ठूलो भूल हुने बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेख्दै जन्तर–मन्तर नयाँ चेतना र जागरणको प्रतीक बनेको उल्लेख गरेका छन्। साथै, सरकारले आन्दोलनकारीलाई रोक्ने प्रयास गरे देशभर विरोध प्रदर्शन फैलिने चेतावनी दिएका छन्।
सम्बन्धित खबर








प्रतिक्रिया