ADVERTISEMENT

बाढीपहिरोले देशभरका सडक प्रभावित, केही राजमार्ग पूर्ण बन्द

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न स्थानका राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गलौदीमा त्रिशूली नदीले सडक कटान गर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। काभ्रेको रोशीमा आएको बाढीले बीपी राजमार्ग बन्द भएको छ। त्यस्तै, ललितपुरको कान्तिलोकपथ, गुल्मीको कालीगण्डकी करिडोर र सल्यानको बालुवासंग्रही सडकमा पनि यातायात ठप्प भएको छ।

धादिङको त्रिभुवन राजपथ, नवलपरासीको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक, मनाङको बेंसीसहर–खाङ्सार सडक र डोल्पाको भेरी करिडोरमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण सडक आवागमन प्रभावित बनेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार