काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको ज्यान गएको छ भने चार हजार ७२० जना अझै बेपत्ता छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार बाढीमा परी विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको छ। गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो।
बाढीबाट चितवनमा ३६९, रसुवामा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०५, गोरखामा ८०, धादिङमा ७३ र तनहुँमा ३८ जनाले ज्यान गुमाएका छन्।
प्रहरीका अनुसार सङ्कलित शवमध्ये हालसम्म एक हजार ३३५ शवको व्यवस्थापन गरिएको छ भने एक हजार ४३८ शवको पहिचान हुन बाँकी छ। बाढीबाट विस्थापित एक हजार २३१ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ।
सम्बन्धित खबर








प्रतिक्रिया