ADVERTISEMENT

एमाले स्थायी कमिटीको पहिलो बैठक बिहीबार

काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ।

बैठक असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकमा पार्टीका समसामयिक विषयमा छलफल हुनेछ।

गत असोजको पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी गठन गरेको थियो। यद्यपि, स्थायी कमिटीले अझै पूर्णता पाउन सकेको छैन।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार