ADVERTISEMENT

ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध हुनुहुन्छ। उहाँले बैंकमा प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ।

सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गर्नुभएका रेग्मी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुनुहुन्छ।

उहाँले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गर्नुभएको छ।

रेग्मीको नियुक्तिलाई बैंकले नेतृत्व क्षमता, संस्थागत अनुभव र वित्तीय क्षेत्रको व्यावसायिक दक्षतालाई थप प्रभावकारी रूपमा उपयोग गर्ने कदमका रूपमा लिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार