ADVERTISEMENT

लगातार गिरावटपछि नेप्सेमा सामान्य सुधार


काठमाडौं । लगातार दुई कारोबार दिनको गिरावटपछि मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ। नेप्से परिसूचक ११.९६ अंकले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ।

बजार परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ३५९ कम्पनीका ८९ लाख ५५ हजार कित्ता सेयर ४१ हजार ६०७ पटक कारोबार हुँदा कुल ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार कारोबार रकम ३ अर्ब २७ करोड रुपैयाँ थियो।

मंगलबार जीवन बीमा उपसमूह ४१.१० अंकले बढेर सबैभन्दा अगाडि रह्यो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा बढ्दा लघुवित्त र निर्जीवन बीमा उपसमूह घटेका छन्।

कम्पनीतर्फ त्रिशूली जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै ५.११ प्रतिशत बढेको छ। यता सर्वोत्तम पेन्ट्सको सेयर मूल्य करिब ५ प्रतिशत र एआईबीएल ग्रोथ फन्डको इकाइ मूल्य करिब साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको २३ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि लिबर्टी इनर्जी र हिमाल दोलखा हाइड्रोपावरको कारोबार उच्च रह्यो।

नेप्सेमा सुधार आए पनि कारोबार रकम ३ अर्बकै आसपास सीमित रहनुले बजारमा कारोबारको गति अझै बलियो हुन नसकेको देखिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार