ADVERTISEMENT

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । देशका विभिन्न भूभागमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पहाडी तथा तराई क्षेत्रमा सामान्यतया बदली रहनेछ। तराईमा बिहान हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही तराई क्षेत्रमा मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार