ADVERTISEMENT

नेपाल टेलिकमको एनटीटीभी अब सेट–टप बक्सबिनै


काठमाडौँ । नेपाल टेलिकमले एन्ड्रोइड स्मार्ट टिभीमा भौतिक सेट–टप बक्सबिनै एनटीटीभी सेवा प्रयोग गर्न सकिने ‘भर्चुअल सेट–टप बक्स’ सेवा सञ्चालनमा ल्याएको छ।

ग्राहकले स्मार्ट टिभीको गुगल प्ले स्टोरबाट ‘स्मार्ट एनटीटीभी’ एप डाउनलोड गरी नेपाल टेलिकममा दर्ता भएको मोबाइल नम्बर र ओटीपीमार्फत सेवा प्रयोग गर्न सक्नेछन्। यो सुविधा एन्ड्रोइड ५.० वा सोभन्दा माथिका उपयुक्त स्मार्ट टिभीमा उपलब्ध छ।

नेपाल टेलिकमले भर्चुअल एसटीबीसहितका नयाँ वार्षिक एफटीटीएच प्याकेजमा १ हजार रुपैयाँ छुट समेत दिएको छ। ५०, १००, १५० र २०० एमबीपीएसका विभिन्न प्याकेजमा इन्टरनेट, एनटीटीभी र टेलिफोन सेवा समावेश गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ५० एमबीपीएस इन्टरनेट, बेसिक एनटीटीभी र ३ हजार मिनेट नेपाल टेलिकम–नेपाल टेलिकम कलसहितको वार्षिक प्याकेज छुटपछि ९ हजार ४९९ रुपैयाँमा उपलब्ध छ। भर्चुअल एसटीबीका कारण स्मार्ट टिभीमा एनटीटीभी चलाउन छुट्टै भौतिक सेट–टप बक्स किन्नुपर्ने आवश्यकता हटेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार