काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्कन लागेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सहभागिताबारे प्रेस ब्रिफिङ गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाका क्रममा भएका उच्चस्तरीय कार्यक्रम, द्विपक्षीय भेटवार्ता तथा नेपालको सहभागिताका विषयमा जानकारी गराउनेछन्।
प्रेस ब्रिफिङ असोज १४ गते बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भीआईपी लाउन्ज) स्थित मिडिया कक्षमा हुने मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया