काठमाडौँ । आज देशभरको मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
राति कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
सम्बन्धित खबर

प्रतिक्रिया