सचिव बढुवा सिफारिस : पहिलो नम्बरमा आभा श्रेष्ठ, बुढा र आचार्य क्रमशः दोस्रो र तेस्रो नम्बरमा

श्रेष्ठ सचिव बन्ने सम्भावना बलियो


काठमाडौं । सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

समितिले वरिष्ठ सहसचिवहरू आभा श्रेष्ठ, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा राखेर सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ ।

सचिव बढुवा सिफारिसमा पहिलो नम्बरमा परेकालाई मन्त्रिपरिषद्बाट सचिवमा बढुवा गर्ने अभ्यास रहँदै आएकाले आभा श्रेष्ठ सचिव बन्ने सम्भावना बलियो देखिएको छ ।

हाल राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरी दुई सचिव पद रिक्त रहेका छन् । यीमध्ये एक पदमा यसपटक बढुवा हुनेछ ।

श्रेष्ठ र बुढा यसअघि पनि सचिव बढुवाका लागि सिफारिसमा परिसकेका सहसचिव हुन् । यसपटक पनि दुवै जना सिफारिसमा परेका छन् ।

अब मन्त्रिपरिषद्को निर्णयसँगै सिफारिस भएका तीनमध्ये एक जना सचिवमा बढुवा हुनेछन् ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार