काठमाडौं । सरकारले वरिष्ठ सहसचिव रुद्रसिह तामाङलाई सचिवमा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिवहरू तामाङ, आभा श्रेष्ठ र चक्र बहादुर बुढालाई सचिवका लागि सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार १ नम्बरमा रहेका तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।
हाल प्रशासन सेवा तर्फ दुई सचिव पद रिक्त रहेका छन् । तामाङ सचिवमा बढुवा भएसँगै अब प्रशासन तर्फ हाल एक सचिव पद मात्रै रिक्त बन्न पुगेको हो ।
सम्बन्धित खबर

प्रतिक्रिया