भोटेकोशीका पीडितलाई प्रभु बैंकको साथ, उद्धार कोषमा सवा २ करोड


काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभु बैंकले सरकारलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

विपद्को यस कठिन घडीमा बाढी प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले कोषमा रकम उपलब्ध गराएको जनाएको छ।

सहयोग रकमको चेक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो।

भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता बढिरहेको छ। यस्तो अवस्थामा निजी क्षेत्रबाट प्राप्त सहयोगले राज्यको राहत तथा पुनःस्थापना प्रयासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार