कागजात गुमाए पनि विपद् प्रभावितले बैंकिङ सेवा पाउने


काठमाडौँ ।  रसुवा लगायतका जिल्लामा प्राकृतिक विपद्का कारण चेक, कार्ड, मोबाइल तथा अन्य आवश्यक कागजात गुमाएका ग्राहकले पनि बैंकिङ सेवा लिन पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ग्राहकको केवाईसी विवरण, हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा पहिचान पुष्टि गरी वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकले विपद् प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरणको व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार