काठमाडौं । रसुवा बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले प्रस्ताव प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ भने ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। बाढीमा २९२ जना घाइते भएका छन् भने ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।
बैठकमा प्रधानमन्त्री बालेनले विपद्को अवस्थाबारे जानकारी गराउँदै उद्धार, राहत र पुनःस्थापनामा सरकारले गरिरहेका कामबारे जानकारी दिएका थिए। राष्ट्रिय सभाले पनि मंगलबार रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो।
सम्बन्धित खबर

