बेत्रावतीमा एउटै घरबाट २४ शव बरामद


काठमाडौं । नुवाकोटको विदुर–१० बेत्रावतीस्थित एक घरबाट २४ वटा शव फेला परेका छन्। उत्तरगया मिनी मार्ट रहेको घरबाट प्रहरीले खोजीका क्रममा ती शव निकालेको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार अझै अन्य स्थानमा खोजी कार्य जारी छ। फेला परेका शवको मुचुल्का र पहिचानको काम भइरहेको छ।

शव पहिचानपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण उक्त घरमा ठूलो मानवीय क्षति भएको हो।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार