गण्डक नदीमा १३ अज्ञात शव फेला


काठमाडौं । नेपालमा आएको बाढीपछि उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा १३ वटा अज्ञात शव फेला परेका छन्।

कुशीनगर प्रशासनका अनुसार फेला परेका शवमध्ये ६ पुरुष र ७ महिला छन्। ठाउँ अभाव भएपछि ६ शव कुशीनगर मेडिकल कलेजमा र ७ शव गोरखपुरस्थित एम्सको शवगृहमा राखिएको छ।

नदीमा थप शव भेटिन सक्ने आशंकामा एसडीआरएफ र एनडीआरएफका टोलीले खोजी तथा उद्धार अभियान जारी राखेका छन्। कुशीनगर प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।

पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गरिनेछ। त्यसपछि पहिचान गरी सम्बन्धित परिवारसम्म पुर्‍याउने प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।

नेपाली नागरिक तथा आफन्तको खोजीमा कुशीनगर पुग्ने व्यक्तिलाई सहयोग गर्न जिल्ला प्रशासनले नियन्त्रण कक्षसमेत स्थापना गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार