काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरबाट २४ जनाको शव फेला परेको छ।
नुवाकोटका प्रहरी प्रमुख (एसपी) विपिन रेग्मीका अनुसार सुरक्षाकर्मीले खोजी गर्ने क्रममा घरबाट १३ महिला र ११ पुरुषको शव उत्खनन गरेका हुन्। मृतकमध्ये एक बालक पनि रहेको बताइएको छ।
फेला परेका शवको पहिचान खुल्न सकेको छैन। प्रहरीले शव पोस्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाएको जनाएको छ।
सम्बन्धित खबर


