रसुवा बाढी : १०४ जनाको उद्धार


काठमाडौं । रसुवा बाढीमा फसेका १०४ जनाको उद्धार गरिएको छ । बिहीबार बिहान सवा ८ बजेसम्म रसुवा, नुवाकोट र धादिङबाट गरी १०४ जनाको उद्धार गरिएको सरकारी तथ्यांकमा उल्लेख छ ।

रसुवाबाट ४३, नुवाकोटबाट ५८ र धादिङबाट ३ जनाको उद्धार गरिएको हो । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकसमेत सुरु भएको छ ।

२०८३ भाद्र ११, बिहीबार ०९:५६ प्रकाशित
ट्रेन्डिङ समाचार