हजरत मोहम्मदको जन्मदिनमा चार पालिकामा बिदा


स्याङ्जा । हजरत मोहम्मदको १५०१औँ जन्मदिनको अवसरमा स्याङ्जाका चार स्थानीय तहले आज बुधबार सार्वजनिक बिदा दिएका छन्।

पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै बिदा दिने निर्णय गरेका हुन्। स्याङ्जामा कुल ११ स्थानीय तह रहेका छन्।

२०८३ भाद्र १०, बुधबार ०९:१२ प्रकाशित
ट्रेन्डिङ समाचार