काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। देशभर सामान्यतया बदली रहने र अधिकांश प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिसमेत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया