काठमाडौँ । मनसुनी वायुको प्रभावले आज देशभरको मौसम बदली रहने र अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनेछ। तराईका विभिन्न क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। राति पनि हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ।
२०८३ भाद्र ४, बिहीबार ०७:३५ प्रकाशित


