काठमाडौं । कथावाचिका राधिका दासीको उजुरीका आधारमा सामाजिक सञ्जालमार्फत गाली–बेइज्जती तथा अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। साइबर ब्युरोको टोलीले बिहीबार उनलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप कुमार गिरिका अनुसार थप अनुसन्धानका लागि केसीलाई हिरासतमा राखिएको छ। वेदिका केसीले सामाजिक सञ्जालमार्फत हिन्दु तथा सनातन धर्मभित्रका विकृतिविरुद्ध आवाज उठाउँदै आएको दाबी गर्दै आएकी थिइन्। साथै, उनले कथित धामी तथा माताहरूको पनि आलोचना गर्दै आएकी थिइन्।