राष्ट्रिय किताबखाना द्धारा आव २०८३/८४ मा अवकाश पाउने १,९८५ कर्मचारीको विवरण सार्वजनिक (सूची सहित)

अवकाश हुनेमा २० जना सचिव, ८७ जना सहसचिव , २०६ जना उपसचिव र ३२० जना शाखा अधिकृत


 काठमाडौ । राष्ट्रिय किताबखाना(निजामती) ले आर्थिक वर्ष २०८३/८४ मा ५८ वर्षे उमेर हद तथा पदावधि पुरा भई अनिवार्य अवकाशमा जाने १ हजार ९ सय ८५ जना कर्मचारीको विवरण सार्वजनिक गरेको छ ।

यसरी अवकाशमा जानेहरुमा सचिव २०, सहसचिवस्तरका ८७ जना, उपसचिवस्तरका २०६ जना र शाखा अधिकृतस्तरका ३२० जना रहेको किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी अवकाशमा जानेमा सहायकस्तरका कर्मचारीतर्फ जम्मा ७७३ जना, श्रेणिविहीन तर्फ५७९ जना रहेका छन् । हाल संघ, प्रदेश र स्थानीय तहमा गरी ९२ हजार ५ सय २० जना कर्मचारी रहेका छन् ।

यस्तो छ  अवकाश पाउने कर्मचारीको विवरण 

https://giwmscdnone.gov.np/media/pdf_upload/83-84%20%E0%A4%85%E0%A4%B5%E0%A4%95%E0%A4%BE%E0%A4%B6%20%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%87%20%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%80%20%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A4%A3._qqkqwrf.pdf

२०८३ असार ३२, बिहीबार २१:०७ प्रकाशित
ट्रेन्डिङ समाचार