सांसदलाई स्वकीय सचिव सुविधा पुनः कायम


काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूलाई पुनः स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि खर्च कटौतीका नाममा हटाइएको सुविधा पुनः लागू गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ३३४ जना सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने भएका छन्। सरकारका अनुसार, यसले सांसदहरूको कार्यसम्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब सांसदहरूले स्नातक तह उत्तीर्ण अधिकृत सरहका स्वकीय सचिव राख्न पाउने व्यवस्था पुनः लागू हुनेछ।

२०८३ असार ३२, बिहीबार २०:४१ प्रकाशित
ट्रेन्डिङ समाचार