सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलसहित अन्यविरुद्ध पूरक अभियोग


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवाल तथा अन्य व्यक्ति र कम्पनीविरुद्ध विशेष अदालतमा पूरक अभियोग दर्ता गरेको छ।

अभियोगपत्रमा दीपक भट्टविरुद्ध ४७ करोड ७७ लाख रुपैयाँ, विष्णुप्रसाद पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ र सुभी अग्रवालविरुद्ध १३ करोड ३३ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। साथै हिमालयन एसेट म्यानेजमेन्टविरुद्ध पनि २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

अनुसन्धानमा अवैध रकम विभिन्न कम्पनी, सहकारी र लगानीमार्फत शुद्धीकरण गरिएको आरोप लगाइएको छ। यससँगै विभिन्न कम्पनीका शेयर, बालुवाटारस्थित घर–जग्गा तथा १५६ रोपनीभन्दा बढी जग्गा जफत गर्न अदालतसँग माग गरिएको छ। अभियोगपत्रमा पूर्वअर्थमन्त्री पौडेलमाथि पदको दुरुपयोग गर्दै सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको आरोप पनि उल्लेख गरिएको छ।

२०८३ असार ३२, बिहीबार १९:४९ प्रकाशित
ट्रेन्डिङ समाचार