माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको माकलबारीमा गुडिरहेको गाडीमा रहेको अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
सिलिन्डरको टुक्रा लागेर माकलबारीका ४६ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ।