लमजुङमा पाँच दिनदेखि बेपत्ता पुरुष मृत भेटिए, हत्या आशंका


काठमाडौं  ।  लमजुङको बेसीशहरमा पाँच दिनदेखि परिवारको सम्पर्कमा नरहेका ५७ वर्षीय बुद्धिबहादुर बोहोरा मृत अवस्थामा फेला परेका छन्।

उनको शव बिहीबार बेसीशहर–१ स्थित पेन्टिङडाँडामाथिको जंगलमा भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा टाउको र अनुहारमा चोट देखिएकाले प्रहरीले घटनालाई शंकास्पद मानेर हत्या भएको हुन सक्ने आशंकामा विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

२०८३ असार २५, बिहीबार ११:५३ प्रकाशित
ट्रेन्डिङ समाचार