लमजुङमा पाँच दिनदेखि बेपत्ता पुरुष मृत भेटिए, हत्या आशंका
काठमाडौं । लमजुङको बेसीशहरमा पाँच दिनदेखि परिवारको सम्पर्कमा नरहेका ५७ वर्षीय बुद्धिबहादुर बोहोरा मृत अवस्थामा फेला परेका छन्।
उनको शव बिहीबार बेसीशहर–१ स्थित पेन्टिङडाँडामाथिको जंगलमा भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा टाउको र अनुहारमा चोट देखिएकाले प्रहरीले घटनालाई शंकास्पद मानेर हत्या भएको हुन सक्ने आशंकामा विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।
शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।