काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले नतिजा प्रकाशन गरेको बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए।
एसईई पूरक परीक्षा असार १ देखि ७ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार यसअघि एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन ग्रेडिङमा परेका थिए। पूरक परीक्षाबाट विद्यार्थीको शैक्षिक प्रगति सुधार गर्ने उद्देश्य राखिएको छ।