काठमाडौं । सप्तरीको बोदेबरसाइन नगरपालिका–४ सिल्हटका २५ वर्षीय रुन्जे सदायलाई आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। २०७६ पुस १७ गते राति श्रीमती गीता देवी सदायको हत्या गरी फरार रहेका उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
छोरीको जन्म–मृत्युलाई लिएर भएको विवादपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतकका बुवा सुकराती सदाको जाहेरीका आधारमा मुद्दा दर्ता भई जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।