मनसुनी सक्रिय, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी


काठमाडौं   ।  देशभर मनसुनी वायु सक्रिय रहेकाले अधिकांश क्षेत्रमा बदली भएको छ। विभिन्न प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

आज पनि देशका पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा तराईका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

२०८३ असार १८, बिहीबार ०७:१६ प्रकाशित
ट्रेन्डिङ समाचार