काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले अधिकांश क्षेत्रमा बदली भएको छ। विभिन्न प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
आज पनि देशका पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा तराईका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
२०८३ असार १८, बिहीबार ०७:१६ प्रकाशित

