काठमाडौं । अध्यागमन विभागले ललितपुरको धोवीघाट र काठमाडौंको चोभार क्षेत्रमा संयुक्त निगरानीका क्रममा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। विभागका अनुसार धोवीघाटबाट ३ जना र चोभारबाट ६ जनालाई नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट १८ वटा राहदानी बरामद भएको छ। उनीहरूको नेपाल बसाइ, भिसाको अवस्था र राहदानीसम्बन्धी विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ। अनुसन्धानपछि प्रचलित अध्यागमन कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने बताइएको छ।