काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ।
१० दिनअघि ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर घाइते भएका ठकुरीको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनको पार्थिव शरीरको आजै पशुपतिमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
२०८३ असार १७, बुधबार ११:३६ प्रकाशित

